Skip to content
Prabhu

नेप्से दोहोरो अंकले घट्दा पनि दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

nabil

काठमाडौं । बिहीबार सेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । कारोबार रकममा सुधार भए पनि परिसूचक दोहोरो अंकले घटेर बन्द भएको हो ।

सेयर बजार घटेको दिन दुई कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । आज बाराही हाइड्रोपावर र हिमालयन पावर पार्टनरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । यी कम्पनीको सेयर मूल्यमा आज १० प्रतिशतले बढेको हो । आज बाराही हाइड्रोको सेयर मूल्य ७७ रुपैयाँले बढेर ८४७ रुपैयाँ पुगेको छ । त्यस्तै हिमालयन पावरको सेयर मूल्य ४१ रुपैयाँ ३० पैसाले बढेर ४५४ रुपैयाँ ३० पैसा पुगेको छ ।

आज सेयर बजारमा धेरै बढ्ने शीर्ष पाँच कम्पनीमा रिभर फल्स पावर लिमिटेड, न्यादी हाइड्रोपावर र केबिएल डिबेन्चर २०९० रहेका छन् । आजको कारोबार बन्द हुँदा रिभर फल्सको सेयर मूल्य १०९ रुपैयाँले बढेर १ हजार ४४० रुपैयाँ पुगेको छ ।

यो अघिल्लो दिनको भन्दा ८.१९ प्रतिशतले धेरै हो । न्यादी हाइड्रोपावरको सेयर मूल्य ८.११ प्रतिशत अर्थात् ५२ रुपैयाँले बढेर ६९३ रुपैयाँ पुगेको छ । त्यस्तै केबिएल डिबेन्चरको सेयर मूल्य ६५ रुपैयाँले बढेर १ हजार २२५ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ५.६० प्रतिशतले बढी हो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal