Skip to content

व्यावसायिक कारोबार व्यक्तिगतबाट गर्दा सम्पत्ति शुद्धीकरणको छानबिनमा परिने

काठमाडौं । व्यवसायिक कारोबार व्यक्तिगत खाताबाट गर्दा सम्पत्ति शुद्धीकरणमा छानबिन हुने भएको छ ।

नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनमा व्यावसायिक कारोबारको लेनदेन व्यक्तिगत खाताबाट भएमा अनुसन्धान हुने जनाएको छ ।

‘कानूनी व्यक्ति वा कानूनी प्रबन्धले व्यावसायिक कारोबारसँग सम्बन्धित रकम त्यस्तो कानूनी व्यक्ति वा कानूनी प्रबन्धको खाता बाहेक अन्य कसैको व्यक्तिगत खातामा भुक्तानी दिने वा लिने गरेको पाइएमा वा प्रचलित कानूनबमोजिम बाहेक व्यक्तिगत बचत खातालाई व्यावसायिक कारोबारको माध्यम बनाइएको पाइएमा शंकास्पद कारोबारको रुपमा सोको जानकारी वित्तीय जानकारी इकाईलाई दिनु पर्नेछ,’राष्ट्र बैंकले जारी गरेको निर्देशिकामा भनिएको छ ।

https://laganinews.com/2024/06/25/15528/

यसअघि आन्तरिक राजस्व विभागले व्यावसायिक कारोबार व्यक्तिगत खाताबाट नगर्न निर्देशन दिएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima