काठमाडौं । पुस महिनाको अन्तिम दिनको अवधिमा करिब १०० कम्पनीको साधारणसभा (एजिएम) आयोजना हुने भएको छ ।
अन्तिम समयमा साधारण सभा गर्ने पुरानो रोगबाट ग्रगित भएका कम्पनीहरुले तोकिएको समय सकिनै लाग्दा पुस महिनाको अन्तिम दिनहरुमा साधारण सभा गर्न लागेका हुन् ।
हालसम्म ९७ वटा कम्पनीले पुसर २७, २८ र २९ गते आफ्नो साधारण सभा सम्पन्न गर्दैछन् । त्यसमध्ये पनि शनिबार ५ वटा कम्पनीको साधारणसभा सम्पन्न हुँदैछ भने आइतबार एकैदिन ५७ कम्पनीको साधारणसभा सम्पन्न हुँदैछ । त्यस्तै पुस महिनाको अन्तिम दिन सोमबार पनि विभिन्न ३५ कम्पनीले आफ्नो साधारणसभा सम्पन्न गर्ने छन् ।
कम्पनीहरुले वार्षिक साधारण सभाका लागि २१ दिनअगाडि साधारण सभा हुने ठाउँ, मिति, छलफल गर्ने एजेण्डा प्रस्ट उल्लेख गरी सूचना दिनुपर्ने कानुनी व्यवस्था छ । नियामकीय प्रावधान अनुसार सूचीकृत कम्पनीहरुले पुस मसान्तभित्र गत आर्थिक वर्षको वार्षिक साधारण सभा गरिसक्नु पर्ने व्यवस्था छ ।
धेरैसजो सूचीकृत कम्पनीले साधारण सभा गर्न पुस महिना नै पर्खिएर बस्ने गरेको देखिएको छ । विगत वर्षहरुमा समेत पुसमा त्यो पनि अन्तिम सातामा पुगेर मात्र अधिकांश कम्पनीको एजीएम हुने गरेको थियो । यसपटक पनि यो परम्पराले निरन्तरता पाएको छ ।
यी हुन पस महिनाका अन्तिम तीन दिनमा साधारणसभा सम्पन्न गर्न लागिको ९७ कम्पनी
पुस २७ गते घोराइ सिमेन्ट, कुथेली बुखरी स्मल हाइड्रोपावर, मितेरी डेभलपमेन्ट बैंक, भिजन लम्बिनी उर्जा कम्पन र महाशक्ति सिमेन्टको साधारणसभा सम्पन्न हुँदैछ । यी कम्पनीले आफ्नो सधारणसभाबाट विभिन्न प्रस्तावहरु पारित गर्ने छन् ।
त्यस्तै पुस २८ गते विभिन्न ३५ कम्पनीको साधारण सभा एकै दिन हुँदै छ । यो दिन पिपुल्स हाइड्रोपावर, मोदी इनर्जी, गुयश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स लिमिटेड, मोलुङ खोला जलविद्युत कम्पनी र नेपाल दुरसञ्चार कम्पनीको साधारणसभा सम्पन्न हुँदैछ ।
त्यस्तै, यहि दिन हिमालयन डिस्टीलरी, मिथिला लघुवित्त, जीवन विकास लघुवित्त, छिमेकी लघुवित्त, चिलिमे हाइड्रोपावर, ग्रिन भेन्चर लिमिटेड, सूर्योदय वोमि लघुवित्त र सिद्धार्थ बैंकले पनि आफ्नो साधारण सभा सम्पन्न गर्नेछन् ।
त्यस्तै बलेफि हाइड्रोपावर, राप्ती विद्युत कम्पनी, बुटवल पावर कम्पनी, मन्जुश्री फाइनान्स, मिड सोलु जलविद्युत आयोजना, मल्टिप्रपोस फाइनान्स, माउन्टेन इनर्जी, नगरकोट रेष्ट्रो लिमिटेड, वर्णवास संग्रहालय होटल, राप्ती हाइड्रोपावर, सिडिएस एण्ड क्लियरिङ लिमिटेड, भुगर्भ सिमेन्ट, माछापुच्छ्रे बैैंक र इन्द्रणी च्याउ फार्म पब्लीक लिमिटेडको साधारणसभा पनि पुस २८ गते सम्पन्न हुँदैछ । त्यस्तै सेती खोला हाइड्रोपावर, पर्वत पैयुखोला हाइड्रोपावर, स्वर्णीम होटल, पुवाखोला हाइड्रोपावर, नेपाल क्लियरिङ हाउस, युनिक मेवा हाइड्रो लिमिटेड, ग्लोबल इक्वीटी फण्ड र जगदम्बा आयर पचेजको साधारणसभा पनि सोही दिन सम्पन्न हुँदैछ ।
पुस महिनाको अन्तिम दिन २९ गते एकै पटक ५७ वटा कम्पनीको सासधारणसभा सम्पन्न हुँदैछ । यो दिन साधारणसभा सम्पन्न गर्ने कम्पनीहरुमा कालिन्चोक दर्शन प्रालि, दोल्ती पावर कम्पनी, प्रभु बैंक, ज्योति विकास बैंक, भूगोल इनर्जी, दोर्दीखोला जलविद्युत कम्पनी, नेपाल फाइनान्स, सामुदायिक लघुवित्त र विजय लघुवित्त रहेका छन् । त्यस्तै मेन्छियाम हाइड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंक, नागरिक लगानी कोष, आन्तनिर्भर लघुवित्त, इमर्जिङ नेपाल, गोरखा फाइनान्स, मुक्तिनाथ विकास बैंक र कृषि विकास बैंकको साधारणसभा पनि पुस महिनाको अन्तिम दिन २९ गते सम्पन्न हुँदैछ ।
त्यस्तै साग्रिला डेभलपमेन्ट बैंक, गुडविल फाइनान्स, बुद्धभूमि नेपाल हाइड्रोपावर, हिमालयन बैंक, हिमालयन पावर पार्टनर, ग्लोबल आइएमई लघुवित्त, गणपति लघुवित्त, कालिका लघुवित्त, कालिका पावर, लम्बिनी विकास बैंक, प्रोगेसिभ फायनान्स र इन्फिनिटी लघुवित्तको एजिएम पनि सोही दिन सम्पन्न हुँदैछ । त्यस्तै सिभम सिमेन्ट, आएसडिसी लघुवित्त, मनकामना इन्जिनियरिङ हाइड्रो, आईसीएफसी फाइनान्स, हुलास फिन सर्भहायर पर्चेज लिमिटेड, श्री इन्भेष्टमेन्ट फाइनान्स, छिमेक लघुवित्त, सिङटी हाइड्रो इनर्जी, नेपाल हाइड्रो डेभलपर लिमिटेड र इस्टर्न हाइड्रोपावर र नेपा स्टक एक्सचेन्जको साधारणसभा पनि पुस २९ गते सम्पन्न हुँदैछ ।
त्यस्तै यो दिन महालक्ष्मी विकास बैंक, सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेड, कालिका इनर्जी, गरिमा विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, हिमाल वाटर पार्क भिलेज होटल, सीवाइसी नेपाल लघुवित्त, रसुवागढी हाइड्रोपावर र हिम स्टार उर्जा कम्पनी लिमिटेडको साधारणसभा पनि सम्पन्न हुँदैछ । त्यस्तै सुपर खुदी हाइड्रोपावर, गृहलक्ष्मी रियल्टी लिमिटेड, कैलाश हेलिकप्टर, पिपुल्स इन्भेष्टमेन्ट कम्पनी, सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड, गजोङ उपत्यका हाइड्रोपावर, वेनी हाइड्रोपावर र हिमालायन टाइम्स मिडिया इन्टरटेनमेन्ट एण्ड टेकको साधारणसभा पनि पुस २९ गते सम्पन्न हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्