Skip to content

अख्तियारद्वारा विशेष अदालतमा तत्कालीन इञ्जिनियर विष्णु कुमारविरुद्ध ५ करोड बराबरको भ्रष्टाचार मुद्दा दायर

काठमाडौं। जलश्रोत तथा सिँचाइ विभागमा कार्यरत तत्कालीन इन्जिनियर विष्णुकुमार श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा झण्डै ५ करोडको भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियारले उनीविरुद्ध ४ करोड ८८ लाख ३० हजार रुपैयाँ बराबरको बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो। श्रेष्ठविरुद्ध सिँचाइ तथा जल उत्पन्न प्रकोप नियन्त्रणका नाममा निर्माण हुने संरचनाबाट ठेकेदारसँग मिलेमतो गरी कमिसन लिई भ्रष्टाचार गरेको उजुरी परेको थियो।

श्रेष्ठले कमिसनबाट काठमाडौं, ललितपुरलगायत विभिन्न स्थानमा घर जग्ग, गाडी खरिद तथा विभिन्न कम्पनीका सेयरमा लगानी गरेको उजुरीमा उल्लेख थियो। यस विषयमा अनुसन्धान गर्दा उनले स्रोत खुलाउन नसकेकाले भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

अख्तियारले उनीसहित पत्नी लक्ष्मीकुमारी श्रेष्ठ, बाबु हरि कुमार श्रेष्ठ, आमा इन्द्रकुमारी श्रेष्ठ र छोरा विवेक श्रेष्ठलाई समेत प्रतिवादी कायम मुद्दा दायर भएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T