काठमाडौं । बैंकिङ क्षेत्रमा देखिएको तरलता व्यवस्थापनको लागि राष्ट्र बैंकले ४० अर्ब उठाउने भएको छ ।
आइतबारको लागि दिउसो २ बजेभित्रमा तरलता बढी भएका बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा पैसा दिनसक्छन् । यसरी राष्ट्र बैंकले निक्षेप संकलन उपकरण मार्फत खिचेको पैसा माघ २० गते फिर्ता गर्ने छ ।
बैंक तथा वित्तीय संस्थामा लगानी योग्य पुँजी(तरलता) बढी भएपछि राष्ट्र बैंकले मौद्रिक उपकरण अन्तर्गत निक्षेप संकलन गरेर पैसा झिक्ने गर्छ ।
प्रतिक्रिया दिनुहोस्