Skip to content
Prabhu

टिएमएस सिस्टममा समस्या हुँदा कारोबार गर्न असहज

nabil

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जको कारोबार प्रणाली ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) मा समस्या देखिएको छ । टिएमएसमा समस्या हुँदा आइतबारसेयर कारोबारमा अवरोध आएको हो ।

बजार खुलेसँगै सुरु भएको यो समस्याका कारण लगानीकर्ताले सहज रूपमा सेयर खरिद बिक्री गर्न पाएका छैनन् । सुरुमा केही ब्रोकरहरूको टीएमएसमा मात्र समस्या देखिएको भए पनि अहिले धेरै ब्रोकरहरू प्रभावित भएका छन् । लगइन नहुने, खरिद तथा बिक्री अर्डर पोस्ट गर्न नसकिने जस्ता समस्याले सर्भर नै अवरुद्ध हुने अवस्था सिर्जना गरेको छ ।

global
अर्घाखाँची सिमेन्ट

नेप्सेले भने केही ब्रोकरहरूमा मात्रै समस्या आएको दाबी गरेको छ । समस्या समाधानका लागि पहल भइरहेको नेप्सेले जनाएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal