Skip to content
Prabhu

सीजी डिजिटलको एकैपटक ५ ओटा नयाँ शोरूम उद्घाटन

nabil

काठमाडौं । सीजी डिजिटलले आफ्नो सेवा विस्तार गर्दै एकै पटक ५ ओटा शोरुम उद्घाटन गरेको छ । सीजीले झापाको बिर्तामोड, दमक, पर्साको वीरगञ्ज, नवलपरासी र काठमाडौंको बिशालनगरमा नयाँ शोरूम सञ्चालनमा ल्याएको हो ।

यी शाखाहरूमा ग्राहकहरूले रेफ्रिजरेटर, वाशिङ मेसिन, एलईडी टिभी, चिम्नी, ग्यास चुल्हो, भान्साका उपकरणहरू लगायतका धेरै प्रकारका इलेक्ट्रोनिक्स उत्पादनहरू पाउन सक्नुहुनेछ । जहा अन्तर्राष्ट्रिय स्तरका उत्कृष्ट ब्रान्डहरू जस्तैःLG, CG, TCL, Godrej, Beko, Midea, Kent, Elica, Sensei, Black±Decker, Crompton, Nothing र Apple Iphone लगायतका उत्पादनहरू उपलब्ध छन् ।

global
अर्घाखाँची सिमेन्ट

आफ्ना सामानहरुको प्रदर्शन र सुपत मूल्यमा बिक्रि वितरण तथा अन्तराष्ट्रिय स्तरको ग्राहकको सेवा, बिशेष जानकारी तथा प्रयोग बारे शिक्षा प्रदान गराउने उदेश्य सहित शोरुम संचालन गरिएको छ । दक्ष्य र अनुभवी Sales Person हरु बाट यहाँ भएका बिधुतिय सामग्रीहरुको पूर्ण जानकारी र यस विशेष अवसरमा ग्राहकहरूले ३० प्रतिशत सम्मको विशेष छुट पाउन सक्नुहुनेछ । तर, यो छुट सीमित अवधिका लागि मात्र मान्य हुनेछ ।

नयाँ शाखाहरूमाFree Cooking Class र Live Demo को समेत व्यवस्था गरिएको छ, जसमा सहभागी भई तपाईंले नयाँ तथा रोचक खाना पकाउने कला सिक्न सक्नुहुनेछ । नेपालकै सबैभन्दा ठूलो मल्टीब्रान्ड इलेक्ट्रोनिक्स शोरूम का रूपमा, ग्राहकहरूको आवश्यकता पूरा गर्न उत्कृष्ट सेवाहरू प्रदान गर्दै आएको छ! यसमा Free Delivery, Free Installation, ON Spot EMI, Exchange Offer / Loyalty Points जस्ता सुविधाहरू पनि समावेश छन् ।

यी ५ वटा समेत गर्दा सीजी डिजिटलका शाखाहरूको संख्या २७ पुगेको छ, जसले देशभरका ग्राहकहरूलाई उच्च गुणस्तरीय उत्पादन र सेवा उपलब्ध गराउने कामलाई अझ प्रभावकारी बनाएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal