काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले १६ हजार कित्ता संस्थाप सेयर बिक्रीमा राखेको छ । कम्पनीले दुईजना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १६ हजार २०० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
उक्त सेयरमध्ये ८ हजार कित्ता विजली प्रसाद चौधरीको र अर्काे ८ हजार २०० कित्ता सेयर मुन्नी राजभण्डारीको स्वामित्वमा रहेको छ । यो सेयर हाल कम्पनीकै विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउछन् । सेयर किन्न इच्छुक संस्थापकले आफूले किन्न चाहेको सेयर कित्ताको विवरण खुलाई ३५ दिनभित्र निवेदन दिनु पर्नेछ। निवेदन महुली सप्तरीस्थित संस्थाको केन्द्रीय कार्यालयमा बुझाउनु पर्नेछ ।
तोकिएको अवधिभित्र संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि पर्याप्त आवेदन नपरेमा बाँकी सेयर सर्वसाधारणलाई बिक्री गरिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्