काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनी समूहको ८.५४ प्रतिशत सेयर सर्वसाधारणमा सेयरधनी समूहमा परिवर्तन गर्ने भएको हो ।
साविक सामुदायिक लघुवित्त वित्तीय संस्था र बीपीडब्लू लघुवित्त वित्तीय संस्था आपसमा गाभिएर सामुदायिक लघुवित्त बनेको हो । हाल कम्पनीको सेयर संरचना संस्थापकतर्फ ६९.६५ प्रतिशत र सर्वसाधारणतर्फ ३०.३५ प्रतिशत छ । परिवर्तनपछि संस्थापक समूहको ६१.११ प्रतिशतमा झर्नेछ भने सर्वसाधारण समूहको ३८.८९ प्रतिशत सेयर संरचना रहनेछ ।
कम्पनीको पुस ७ गते बसेको बैठकले सेयर संरचना परिवर्तन गर्ने निर्णय गरेको थियो, जसलाई नियामक निकाय नेपाल राष्ट्र बैंकले स्वीकृति दिइसकेको छ । आफ्नो संस्थापक सेयर सर्वसाधारण सेयरमा परिमार्जन गर्न नचाहने सेयरधनीलाई ३५ दिनभित्र केन्द्रीय कार्यालयमा निवेदन दिन कम्पनीले आग्रह गरेको छ । उक्त म्यादभित्र आवेदन नपरेमा स्वतः सेयर परिमार्जन गरिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्