Skip to content
Prabhu

बोनस सेयरको कर बापतको रकम बुझाउन सानिमा रिलायन्सको आग्रह

nabil

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले बोनस बापतको रकम बुझाउन आग्रह गरेको छ । कम्पनीको असोज २३ गतेको साधारणसभाले पारित गरेको १८.३८११ प्रतिशत बोनस सेयरको कर बापत लाग्ने रकम जम्मा गर्न सेयरधनीलाई आग्रह गरेको हो ।

सेयरधनीले कर बापत बोनस सेयरको ५ प्रतिशत रकम जम्मा गरेपछि मात्रै बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा पठाइने जनाएको छ । साविक सानिमा लाइफ र रिलायन्स लाइफ आपसमा मर्ज भएर सानिमा रिलायन्स लाइफ बनेको हो । कम्पनी मर्ज भएको मितिमा कायम रहेका सेयरधनीले दुई वर्षसम्म लाभांशको कर तिर्न नपर्ने तर एकीकृत कारोबारपछि भने कर तिर्नुपर्ने व्यवस्था रहेको छ ।

global
अर्घाखाँची सिमेन्ट
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal