Skip to content
Prabhu

किसानलाई प्रोत्साहन गर्न कृषि मेला महोत्सव

इलाम । इलाममा आजबाट कृषि मेला महोत्सव सुरु भएको छ । इलाम नगरपालिकाको आयोजना तथा घरेलु तथा साना उद्योग कार्यालय, इलाम उद्योग वाणिज्य संघ र कृषि ज्ञान केन्द्रको समन्वयमा महोत्सव सुरु भएको हो ।

महोत्सवमा चिया, अलैंची, सुन्तला, तरुल, सागलगायत कृषिजन्य वस्तु प्रदर्शनीमा राखिएका छन् । सिजन अनुसारका तरकारी फलफूल र कन्दमूल, प्रशोधन सामग्री प्रदर्शनीमा समावेश गरिएको छ ।

किसानले उत्पादन गरेका वस्तु देखाउन र किसानलाई हौसला दिन महोत्सव आयोजना गरिएको नगरप्रमुख केदार थापाले बताए । यस्ता कार्यक्रमले किसानलाई बजारसँगको नाता बढ्ने स्थानीय किसान सूर्य रिजालले बताए।

यही पुस २९ गतेसम्म सञ्चालन हुने कृषि मेला महोत्सव इलाम सदरमुकामस्थित गौतमबुद्ध सभागृहमा सञ्चालन भइरहेको छ । महोत्सवमा ३० वटा स्टल छन् ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Sanima relance

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal