Skip to content

माछापुच्छ्रे क्यापिटलद्वारा वार्षिकोत्सवमा वृद्धाश्रमलाई हिटर र खाद्यान्न सहयोग

काठमाडौं । माछापुच्छ्रे क्यापिटलले ५औं वार्षिकोत्सवको अवसरमा भक्तपुरको चण्डेश्वरी मार्ग बोडेस्थित श्री द्योमाँ जगत वृद्धाश्रममा रहेका वृद्धवृद्धालाई ६ थान हिटर र खाद्यान्नका सामग्रीहरु वितरण गरेको छ ।

माछापुच्छ्रे क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । यसै सन्दर्भमा आफ्नो स्थापनाको पाँचौं वार्षिकोत्सवको अवसरमा क्यापिटलले आफ्नो स्थापनाको ५औं वर्षको वार्षिकोत्सव माघ महिनाभरि रक्तदान, वित्तीय साक्षरता, सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सहयोग लगायतका विविध कार्यक्रमहरु आयोजना गरी भव्यताका साथ मनाइरहेको छ ।

माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंकको सहायक कम्पनी हो । पब्लिक लिमिटेड कम्पनीको रूपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी, माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्ड मार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, सामूहिक लगानी कोषको सेवा प्रदान गरिरहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima