Skip to content

शिक्षण अस्पतालले गर्यो स्वास्थ्य बिमा कार्यक्रम पुनः सञ्चालन

nabil
global ime

काठमाडौं । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ)ले पूर्णरुपमा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा ल्याउने सोमबार निर्णय गरेको छ ।

सो अस्पतालले सोमबार एक सूचना निकाल्दै अबदेखि अस्पतालमा भर्ना भएका बिरामीले समेत स्वास्थ्य बिमामार्फतको सेवा पाउने निर्णय गरेको अस्पतालका प्रशासन प्रमुख सरस्वती गुरुङले जानकारी दिए ।

यसअघि स्वास्थ्य बिमा बोर्डले लागू गरेको नयाँ दररेट अस्पतालको दरभन्दा फरक परेको भन्दै अस्पतालले गत भदौ १२ गतेदेखि ओपिडी र इमरजेन्सी सेवा मात्रै स्वास्थ्य बिमा कार्यक्रम लागू गर्दै अन्य सेवा बन्द गरेको थियो । त्यस यता भर्ना भएका बिमित बिरामीले बिमा सेवा सुविधा लिन पाएका थिएनन् ।

अस्पतालले जारी गरेको सूचनामा, ‘स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत विभागमा भर्ना भएका बिरामीहरुलाई उपलब्ध गराउँदै आएको स्वास्थ्य बिमा कार्यक्रम गत भदौ १२ देखि स्थगित गरिएकोमा माघ ७ देखि पुनः सञ्चालनमा आएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ गरेको छ ।’

गत भदौमा बोर्डले जारी गरेको उपचार सुविधासम्बन्धी नयाँ प्याकेजमा असहमतिसँगै अस्पतालले बिमितको उपचार गरेबापत पाउनुपर्ने सोधभर्नाको ठूलो रकम नआउँदा बाध्यभएर कार्यक्रम आंशिक रुपमा स्थगित भएको अस्पतालका निमित्त निर्देशक डा।घनश्याम गुरुङले जानकारी दिए ।

नयाँ प्याकेज स्थगित भएको र रोकिएको केही रकम छिट्टै उपलब्ध गराउने आश्वासनपछि बिमा कार्यक्रम पुनः सञ्चालनमा ल्याएको उनको भनाइ छ । डा. गुरुङका अनुसार अस्पताले स्वास्थ्य बिमा बोर्डबाट करिब ६९ करोड रकम लिन बाँकी छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T