Skip to content
Prabhu

कालीगण्डकी कोरिडोर : मार्फाखोलामा मोटरेबल पुल निर्माण, लागत २१ करोड ६० लाख

nabil

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फाखोलामा मोटरेबल पुल निर्माण भएको छ ।

बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालय, मुस्ताङले १२० मिटर लामो मोटरेबल पुल निर्माण गरेको हो । आयोजना प्रमुख धु्रवकुमार झाले पुलको सबै संरचना र पहुँचमार्ग निर्माण सकेर सवारी साधन सञ्चालन हुन थालेका जानकारी दिए।

global
अर्घाखाँची सिमेन्ट

‘चिसोका कारणले रोकिएको पुलको पहुँचमार्ग कालोपत्र गर्ने काम गर्मी शुरु भएपछि हुन्छ,’ उनले भने ‘मार्फाखोलामा बाढी आउँदा बेनी–जोमसोम सडकमा यातायात अवरुद्ध हुने समस्या हटेको छ ।’

धौलागिरि दोस्रो र टुकुचेचुली हिमालको बीचमा पर्ने धम्पुसचुली हिमाल फेदमा पर्ने काशीघन क्षेत्रमा रहेको हिउँ दिउँसोको चर्को घामले पग्लदा मार्फाखोलामा चैत देखि असोज महिनासम्म दिउँसो र साँझपख मार्फाखोलामा बाढी आउने गर्छ ।

पक्की पुल सञ्चालन भएपछि कच्चि र अस्थायी पुल तथा खोलाबाट जोखिम मोलेर सवारी वारपार गर्नुपर्ने समस्या हटेको आयोजना प्रमुख झाले बताए ।

मार्फाखोला र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङको नरसिङखोलामा मोटरेबल पुल निर्माणका लागि छ वर्षअघि हिमदुङ एण्ड थोकर इमोटल कन्ट्रक्सनले २१ करोड ६० लाख रुपैयाँ मा ठेक्का सम्झौता गरेको थियो ।

जोमसोमदेखि कागबेनी–छुसाङ–उपल्लो मुस्ताङ हुदै चीनको सिमाना कोरला नाका जोड्ने सडक अन्तर्गत रहेको नरसिङ खोलाको ९० मिटर लामो मोटरेबल पुल गत भदौमा निर्माण सकिएको थियो । कोरोना महामारी, प्रतिकुल भूगोल, मौसम, प्राकृतिक विपद्, नदीजन्य निर्माण सामग्रीको अभाव लगायतका कारणले ढिलाइ भएको निर्माण कम्पनीका प्रतिनिधी सुदिप खड्काले बताए ।

पर्वतको मालढुङ्गादेखि म्याग्दी हुदै मुुस्ताङस्थित चीनको सिमाना कोरला नाका जोड्ने दुई सय दुई किलोमिटर दूरीको बेनी–जोमसोम कोरला सडकअन्तर्गत २४ मोटरेबल पुल निर्माण गर्नुपर्नेमा १९ वटाको ठेक्का लागेको, १२ निर्माण सकिएको, दुई निर्माणाधीन, पाँचवटाको ठेक्का तोडेको र पाँचवटा पुल निर्माणको प्रक्रियामा छन् । २०७३/०७४ देखि सुरु भएको योजनाको हालसम्म ८४ प्रतिशत भौतिक प्रगति भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal