काठमाडौं । साताको सेयर कारोबार हुने अन्तिम दिनको कारोबार जारी रहँदा सामुदायिक लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यो कम्पनीको सेयर मूल्य अघिल्लो दिनको भन्दा १० प्रतिशतले बढेर सर्किट लागेको हो ।
यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ११९ रुपैयाँ ८० पैसाले घढेर २ हजार १९७ रुपैयाँ ९० पैसा पुगेको छ । यो अवस्थामा समग्र बजार परिसूचक पनि ० दशमलव ०३ अंकले बढेर २६६५ दशमलव ४८ विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा ३ अर्ब भन्दा माथिको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्