काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा उल्लेख्य सुधार भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार १६१.४१ प्रतिशतले नाफा वृद्धि भएको हो ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा यो कम्पनीले ३ करोड २६ लाख रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा यो कम्पनीको नाफा १ करोड २४ लाख रुपैयाँ रहेको थियो । चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेकाले खुद नाफा समेत बढ्न पुगेको हो ।
कम्पनीको सञ्चालन नाफा गत आवमा १ करोड ७८ लाख रुपैयाँ रहेकोमा चालू आवमा बढेर ४ करोड ६६ लाख रुपैयाँ पुगेको छ । त्यस्तै खुद ब्याज आम्दानी पनि गत आवमा १२ करोड ८३ लाख रुपैयाँ रहेकोमा चालू आवमा बढेर १६ करोड १७ लाख रुपैयाँ पुगेको छ ।
चुक्ता पुँजी ३६ करोड ७१ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा १५ करोड ८४ लाख रुपैयाँ सञ्चिति रहेको छ भने सञ्चित मुनाफा १ करोड १९ लाख रुपैयाँ ऋणात्मक छ । कम्पनीले २ अर्ब ९४ करोड रुपैयाँ सापटी लिएर १ अर्ब ७७ करोड रुपैयाँ निक्षेप संकलन र ४ अर्ब ७९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १७ रुपैयाँ ७९ पैसा (वार्षिकीकरण) रहेको छ । यो अवधिमा प्रतिसेयर नेटवर्थ १३९ रुपैयाँ ९२ पैसा छ भने खराब कर्जा ४.६४ प्रतिशतबाट घटेर २.९१ प्रतिशतमा झरेको छ ।
प्रतिक्रिया दिनुहोस्