काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । लघुवित्तले छैठौं वार्षिक साधारणसभा फागुन १० गते शनिबारका लागि बोलाएको हो ।
सभा धौलागिरी सामुदायिक श्रोत विकास केन्द्र, उपल्लाचौर, बाग्लुङमा बिहान ११ बजेदेखि शुरू हुनेछ । सभामा गत आर्थिक वर्ष (आव)को वित्तीय विवरणहरू पारितका लागि पेश गरिनुका साथै चालु आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याइनेछ ।
त्यस्तै अन्य लघुवित्तसँग मर्जरका लागि आवश्यक सम्पूर्ण कार्य गर्न, प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन् ।
साधारणसभा प्रयोजनका लागि कम्पनीले यही माघ २१ गते बुक क्लोज गर्ने जनाएको छ । बुक क्लोजको आधारमा माघ २० गतेसम्म कायम सेयरधनी सभामा भाग लिन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्