Skip to content
Prabhu

३ खर्ब रुपैयाँ पुग्न लाग्यो बैंक तथा वित्तीय संस्थाको घरजग्गा कर्जा

nabil

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले घरजग्गा क्षेत्रमा प्रवाह गरेको कर्जा करिब ३ खर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म सञ्चालनमा रहेका ५४ वटा बैंक तथा वित्तीय संस्थाहरूले रियलस्टेट (घरजग्गा) क्षेत्रमा २ खर्ब ७७ अर्ब ३३ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

त्यस अवधिमा बैंक तथा वित्तीय संस्थाले ६६ खर्ब ८० अर्ब ९४ करोड ९० लाख रुपैयाँ निक्षेप संकलन गरी ५३ खर्ब २४ अर्ब ९९ करोड ६० लाख रुपैयाँ कर्जा लगानी गरेका छन् । राष्ट्र बैंकका अनुसार बैंकिङ क्षेत्रले घरजग्गा क्षेत्रमा प्रवाह गरेको कर्जा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३ अर्ब ११ करोड रुपैयाँले बढी हो ।

global
अर्घाखाँची सिमेन्ट
Hyundai

गत आर्थिक वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले ६० खर्ब १८ अर्ब ९६ करोड १० लाख रुपैयाँ निक्षेप संकलन गरी ४९ खर्ब ९२ अर्ब ९२ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा घरजग्गा क्षेत्रमा मात्र भने कुल दुई खर्ब ४४ अर्ब २२ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

वाणिज्य बैंकहरूले मात्र चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म कुल ५९ खर्ब ४० अर्ब ८९ करोड १० लाख रुपैयाँ निक्षेप संकलन गरी ४७ खर्ब १२ अर्ब ५१ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा घरजग्गा क्षेत्रमा मात्र प्रवाह गरेको कुल कर्जा रकम दुई खर्ब ३४ अर्ब पाँच करोड ७० लाख रुपैयाँ छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२ अर्ब ८२ करोड ७० लाख रुपैयाँले बढी हो ।

गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूले कुल ५३ खर्ब २५ अर्ब आठ करोड ७० लाख रुपैयाँ निक्षेप संकलन गरी ४४ खर्ब १४ अर्ब ७९ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा घरजग्गा क्षेत्रमा मात्र कुल दुई खर्ब ११ अर्ब २३ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

विकास बैंकहरूले पनि चालू आर्थिक वर्षको मंसिर मसान्तसम्ममा कुल छ खर्ब पाँच अर्ब ७९ करोड ४० लाख रुपैयाँ निक्षेप संकलन गरी ५ खर्ब १० अर्ब ५१ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा घरजग्गा क्षेत्रमा मात्र कुल ३२ अर्ब १८ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८ अर्ब ७७ करोड २० लाख रुपैयाँले बढी हो ।

गत आर्थिक वर्षको सोही अवधिमा विकास बैंकहरूले पाँच खर्ब ७७ अर्ब ४६ करोड ५० लाख रुपैयाँ निक्षेप संकलन गरी चार खर्ब ८४ अर्ब ३३ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा घरजग्गा क्षेत्रमा मात्र कुल २३ अर्ब ४१ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

राष्ट्र बैंकका अनुसार फाइनान्स कम्पनीहरूले पनि चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म १ खर्ब ३४ अर्ब २६ करोड ४० लाख रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब एक अर्ब ९६ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा घरजग्गा क्षेत्रमा मात्र कुल ११ अर्ब ९ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन कर्जा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एक अर्ब ५१ करोड १० लाख रुपैयाँले बढी हो ।

गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्स कम्पनीहरूले कुल एक खर्ब १६ अर्ब ४० करोड ९० लाख रुपैयाँ निक्षेप संकलन गरी ९३ अर्ब ७९ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा घरजग्गा क्षेत्रमा नौ अर्ब ५८ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

anima

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal