काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले घण्टाघर शाखा कार्यालय प्रदर्शनी मार्गमा स्थानान्तरण गरेको छ ।
बैंकले सो शाखा आज आइतबारदेखि स्थानान्तरण गरेको हो। बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले शाखाको उद्घाटन गर्दै उक्त, शाखाबाट ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरु दिने बताए ।
प्रदर्शनी मार्ग शाखाबाट आजदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरु सुरु भएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। हाल बैंकको २ सय ८३ शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, ६६ वटा शाखा रहित बैंकिङ र २ सय ६६ वटा एटीएम रहेको छ ।
प्रतिक्रिया दिनुहोस्