Skip to content
Prabhu

ङादी ग्रुप पावरको हकप्रद सेयरमा आवेदन दिने म्याद थप

nabil

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने म्याद थप भएको छ । कम्पनीले गत पुस २३ गतेदेखि निष्कासन गरिरहेको शतप्रतिशत हकप्रद सेयरमा आवेदन दिने म्याद थप भएको हो ।

म्याद थपसँगै अब कम्पनीको उक्त हकप्रद सेयरमा माघ २९ गतेसम्म आवेद दिन सकिने भएको छ । कम्पनीले चुक्ता पुँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२ रुपैयाँ ५० पैसाबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले १ करोड ८५ लाख १२ हजार ७९२.२२५ कित्ता हकप्रद सेयर निष्कासन गरेको छ ।

global
अर्घाखाँची सिमेन्ट

यो हकप्रद सेयर निष्कासन प्रयोजनका लागि कम्पनीले मंसिर १८ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा मंसिर १७ गतेसम्म कायम सेयरधनीहरूले मात्र कम्पनीको हकप्रद सेयर खरिद गर्न सक्नेछन् ।

कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकसँगै सिद्धार्थ बैंक र यसका विराटनगर, विरगञ्ज, नारायणघाट, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी र सुर्खेत शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै मेरो सेयर अनलाइनमार्फत् पनि आवेदन दिन सकिने व्यवस्था छ । हकप्रद सेयर निष्कासन र बाडँफाँडपछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७० करोड २५ लाख ५८ हजार ४४५ रुपैयाँ पुग्नेछ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal