काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले साभारणसभाको मिति घोषणा गरेको छ । कम्पनीले आउदो फागुन ६ गते मंगलबार काभ्रेपलाञ्चोकको पनौतीस्थित स्काई गार्डेन रिसोर्टमा बिहान ११ बजेदेखि बस्ने गरी सभा बोलाएको हो ।
लाभांश सम्बन्धी कुनै प्रस्ताव समावेश नगरेको कम्पनीले संस्थापकतर्फ ६१.११ र सर्वसाधारणतर्फ ३८.८९ प्रतिशत हुने गरी सेयर संरचना परिवर्तन गर्ने प्रस्ताव पेश गर्नेछ । त्यसैगरी गत आर्थिक वर्ष (आव) को वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने, ४ जना संस्थापक र २ जना सर्वसाधारण सेयरधनीको निर्वाचन गर्ने र सञ्चालक समितिलाई अख्तियार दिने प्रस्ताव पनि तय गरिएको छ ।
साधारणसभा प्रयोजनका लागि कम्पनीले माघ २५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । बुक क्लोजको आधारमा माघ २४ गतेसम्म कायम सेयरधनीहरू मात्रै सभामा भाग लिन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्