काठमाडौं । पुनर्बीमा कम्पनीलाई चुक्ता पुँजी पुर्याउने समय एक वर्ष थप गरिएको छ। नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीले चुक्ता पुँजी वृद्धि गर्ने समय एक वर्षका लागि थप गरेको हो ।
यहि माघ मसान्तसम्म पुँजी पुर्याउनुपर्ने समय तोकेको प्राधिकरणले अहिले पुनः एक वर्ष समय थप गरिदिएको हो । सयम थप भएसँगै नेपालमा सञ्चालनमा रहेका दुई पुनर्बीमा कम्पनीहरु नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि) र हिमालयन रि इन्स्योरेन्स (हिमालयन रि) ले अर्को वर्षको माघ मसान्तसम्मा पुँजी वृद्धि गर्नुपर्ने समय पाएका छन् ।
बीमा प्राधिकरणको गत पुस २४ गते बसेको सञ्चालक समितिको बैठकले पुनर्बीमा कम्पनीहरुको न्यूनतम चुक्तापुँजी पुर्याउने समय एक वर्ष थप गरेको हो । गत वर्ष माघमा बीमा प्राधिकरणले एक वर्षको समय तोकेर पुनर्बीमा कम्पनीहरुर्ला २० अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन निर्देशन दिएको थियो ।
अहिले सरकारी स्वामित्वमा रहेको नेपाल रिको चुक्त पुँजी १३ अर्ब ४२ करोड २१ लाख ८७ हजार १०० रुपैयाँ रहेको छ । त्यस्तै निजी क्षेत्रको हिमालयन रिको चुक्ता पुँजी १० अर्ब ४० करोड रुपैयाँ रहेको छ ।
दुई वटै कम्पनीसँग पुँजी वृद्धिका लागि हकप्रद जारी गर्नुपर्ने विकल्प मात्रै रहेको छ।
प्रतिक्रिया दिनुहोस्