काठमाडौं । उच्च अदालत पाटनले बीमा गरेकै अवस्थामा रोग लागेका बीमितलाई रकम भुक्तानी गर्नका लागि सूर्यज्योति लाइफलाई आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायाधीशद्धय अन्जु उप्रेती ढकाल र कृष्णराम कोइरालको संयुक्त इजलासले भक्तपुरका अंगत खड्कालाई १० लाख रुपैयाँ भुक्तानी गर्न आदेश दिएको हो ।
बीमा गरेका खड्का गम्भिर रोग लागेर थला परे पछि बीमा कम्पनीले रकम भुक्तानी गर्नुको साटो मुद्दा मामिला गरेर थप दुःख दिएको थियो । इन्स्योरेसन्सले खड्कालाई ३ वर्षदेखि दावी दिन आनाकानी गरिरहेको थियो । नियामक नेपाल बीमा प्राधिकरणले २०८० असोज ८ गते फैसला गर्दै सुर्यज्योति लाइफमा बीमा गरेका भक्तपुरका अंगद खड्कालाई दावी भुक्तानी पाउनुपर्ने ठहर गरेको थियो । तर सूर्यज्योति लाइफले नियामकको उक्त निर्देशनलाई पालना गर्नुको साटो उल्टै घातक रोग लागेर पिडामा रहेका खड्काका विरुद्धमा मुद्दा लिएर उच्च अदालत पाटनमा पुगेको थियो । इन्स्योरेन्सले खड्काका विरुद्धमा २०८० पुस १८ गते उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्