काठमाडौं । मंगलबार सेयर बजारमा हरियाली छाएको छ । कारोबार रकमसँगै नेप्से परिसूचक पनि बढेको दिन १७७ कम्पनीको सेयर मूल्य बढेर कारोबार भएको हो ।
सेयर मूल्य बढ्ने कम्पनीमध्ये ६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आजको कारोबार बन्द हुँदा उपकार लघुवित्त, सिलेक्स हाइड्रोपावर लिमिटेड, थ्रिस्टार हाइड्रोपावर, जानकी फाइनान्स, न्यादी हाइड्रोपावर र सामुदायिक लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
आजको कारोबार बन्द हुँदा उपकार लघुवित्तको सेयर मूल्य ४२५ रुपैयाँले बढेर ४ हजार ६७५ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले धेरै हो । आजको कारोबार बन्द हुँदा सिलेक्स हाइड्रोको सेयर मूल्य पनि १० प्रतिशत अर्थात् १०९ रुपैयाँ ६० पैसाले बढेर १ हजार २०५ रुपैयाँ ६० पैसा पुगेको छ ।
त्यस्तै आज थ्रिस्टार हाइड्रोपावर जानकी फाइनान्सको सेयर मूल्यमा पनि १० प्रतिशतको वृद्धि भएको छ । थ्रिस्टारको सेयर मूल्य ८६ रुपैयाँ ५० पैसाले बढेर ९५१ रुपैयाँ पुगेको छ भने जानकी फाइनान्सको सेयर मूल्य ४६ रुपैयाँ ६० पैसाले बढेर ५१२ रुपैयाँ ८० पैसा पुगेको छ ।
आज न्यादी हाइड्रोपावरको सेयर मूल्य पनि ९.९९ प्रतिशत अर्थात् ६४ रुपैयाँ ३० पैसाले बढेर ७०७ रुपैयाँ ८० पैसा पुगेको छ । मंगलबारको कारोबार बन्द हुँदा सामुदायिक लघुवित्तको सेयर मूल्य पनि २५९ रुपैयाँले बढेर २ हजार ८५४ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९८ प्रतिशतले धेरै हो ।
प्रतिक्रिया दिनुहोस्