काठमाडौं । मंगलबार सेयर बजार दोहोरो अंकले बढेर कारोबार भयो । सेयर बजारसँगै कारोबार रकम पनि बढेको दिन ६० कम्पनीको सेयर मूल्य भने घटेर कारोबार भएको हो ।
६० कम्पनीमध्ये सबैभन्दा धेरै मूल्य घट्ने कम्पनीमा दोल्ती पावर कम्पनी रहेको छ । कारोबार खुलेदेखि नै उच्च रुपमा घटेको यो कम्पनीको सेयर मूल्य कारोबार बन्द हुँदा ८.४३ प्रतिशतले घटेको छ । कारोबार जारी रहेको समयमा भने यो कम्पनीमा १० प्रतिशतसम्मको गिरावट आएको थियो ।
आजको कारोबार बन्द हुँदा यो कम्पनीको सेयर मूल्य ७७ रुपैयाँले घटेर ८३६ रुपैयाँ कायम भएको छ । त्यस्तै आज सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि ६७ रुपैयाँ ६० पैसाले घटेर १ हजार ३९२ रुपैयाँ ४० पैसा पुगेको छ ।
यो अघिल्लो दिनको भन्दा ४.६३ प्रतिशतले कम हो । मंगलबार एनआईसी एसिया ब्यालेन्स फन्डको सेयर मूल्य पनि ३.९० प्रतिशत आर्थात् ०.३८ रुपैयाँले घटेर ९ रुपैयाँ ३६ पैसा पुगेको छ ।
त्यस्तै आज धेरै घट्ने शीर्ष पाँच कम्पनीमा भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी रहेको छ । यो कम्पनीको सेयर मूल्य २४ रुपैयाँले घटेर ८१२ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा २.८७ प्रतिशतले कम हो । मंगलबार कुमारी इक्विटी फन्डको सेयर मूल्य पनि २.५४ प्रतिशत अर्थात् ०.२३ रुपैयाँले घटेर ८ रुपैयाँ ८४ पैसा पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्