Skip to content

बिरामी बोकर काठमाडौं आउँदै गरेको गाडी दुर्घटना, ३ जनाको मृत्यु

काठमाडौं । बिरामी बोकेको गाडी ओखलढुंगामा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।

मानेभञ्ज्याङ गाउँपालिका–४ स्थित सडकबाट गाडी १०० मिटर तल खस्दा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी कृष्ण खड्काले जानकारी दिए।

ना १ ज ६४२१ नम्बरको गाडी खोला किनार खसेको हो।
गाडी खोटाङबाट बिरामी बोकेर काठमाडौं आउँदै गरेको थियो।

‘गए राति दुर्घटना भएको हुनसक्छ, बिहान स्थानीयले देखेर प्रहरीलाई खबर गरे,’ डीएसपी खड्काले भने, ‘प्रहरी घटनास्थल पुगिसकेको छ।

चालकको अवस्थाबारे पनि बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले गाडीबाट शव निकाल्ने प्रयास गरिरहेको छ। मृतकहरूको नाम खुलिसकेको छैन।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T