Skip to content

प्लास्टिक उद्योगमा आगलागी, ४ करोडभन्दा बढी क्षतिको अनुमान

nabil
global ime

सर्लाही । सर्लाहीको ईश्वरपुरमा प्लास्टिक उद्योगमा आगलागी भएको छ । आज बिहान भएको आगलागीबाट ईश्वरपुर नगरपालिका–७, ब्रह्मस्थानमा रहेको हिमालयन पोली नेपाल नामको प्लास्टिक झोला उद्योग नष्ट भएको हो ।

विद्युत् ‘सर्ट’ भएर राति एक्कासि लागेको आगोले उद्योग रहेको नेत्रबहादुर कार्कीको घर पूर्ण रूपमा नष्ट भएको छभने छिमेकी नवलकिशोर साहको घरमा आंशिक क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।

चन्द्रनगर गाउँपालिका–४, पोखरिया टोल निवासी रामछविला साहले कार्कीको घर भाडामा लिएर उद्योग सञ्चालन गरेका थिए । आगलागीबाट उद्योगमा रहेको सम्पूर्ण उपकरण, तयारी सामग्री, कच्चापदार्थलगायत सामान नष्ट हुँदा रु सात करोड पचास लाख बढीको क्षति पुगेको उद्योग सञ्चालक साहले दाबी गरे ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय, हरिवन र मलङ्गवा नगरपालिकाबाट पुगेको वारुणयन्त्रको सहयोगमा साढे २ घण्टापछि आगो नियन्त्रणमा आएको थियो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको श्रेष्ठले जानकारी दिए ।

आगलागीबाट अनुमानित रु चार करोड बढीको क्षति भएको प्रहरको अनुमान रहे पनि क्षति र घटनास्थलको मुचुल्का संकलनको काम भइरहेकाले क्षतिको यकिन विवरण आउन बाँकी रहेको उनले जानकारी दिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T