Skip to content

‘गेम चेन्जर नेक्सन केथ्री’ इभीको बुकिङ खुला, मूल्य कति ?

nabil bank

काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालिले नेक्सन केथ्री इभी आइतबार सार्वजनिक गरेको छ । कम्पनीले आज गेम चेन्जर नेक्सन केथ्री इभीको बुकिङ सुरु गरेको हो । गाडी बुकिङ गरेको १० दिनभित्र नै गाडी डेलिभरी दिने गरी कम्पनीले बुकिङ खुलाएको हो । नेक्नस इभीमा भन्दा नेक्सन केथ्रीमा विभिन्न परिवर्तन गरेको छ ।

टाटाले केथ्रीलाई पानोरोमिक रुफटप दिएको छ । यसले गाडीलाई थप स्टाइलिस देखाएको छ । कम्पनीले गाडीको मूल्य ४८ लाख ९९ हजार रुपैयाँ राखेको छ । इभी सेग्मेन्टको एसयुभीमा प्रतिस्पर्धात्मक मूल्य राखेको हो ।

कारमा ९८ किलोवाट क्षमताको ब्याट्री रहेको छ । १९० मिलिमिटर ग्राउण्ड क्लिएरेन्स छ । जसले अफरोड ड्राइभलाई समेत सहज बनाउने कम्पनीको विस्वास छ । गाडीमा ३६० डिग्रीको क्यामेरा दिएको छ । यस्तै ३६० लिटर क्षमताको बुटस्पेस दिएको छ ।

कम्पनीले सुरक्षित फ्यामेली कार रहेको दाबी गरेको छ । यो कारले ५ स्टार सुरक्षा रेटिङ भारत एनसीएपी पारेको छ । कम्पनीको नेक्सन इभी निकै रुचाइएको ब्राण्ड बनेको थियो । सुरुवाती दिनमा कम्पनीले नेक्सन इभीको माग धेरै बढ्दा लामो समय कुराएर मात्रै गाडी डेलिभरी दिने गरेको थियो ।

सोही मोडलमा परिवर्तन गरी कम्पनीले नेक्शन केथ्री ल्याएको हो । जसको स्लोगन कम्पनीले ‘नेक्शन केथ्री गेभ चेन्जर’ इभी राखेको छ ।

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi