Skip to content
Prabhu

१०४ प्रतिशतले बढ्यो सिवाईसी नेपाल लघुवित्तको नाफा, प्रतिसेयर नेटवर्थ २५१ रुपैयाँ ७४ पैसा

nabil

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अवधिमा सिवाईसी नेपाल लघुवित्तको नाफा १४ं०४ प्रतिशतले बढेको छ । लघुवित्तले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको भन्दा १०४.५९ प्रतिशतले नाफा बढेको हो ।

कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ४ करोड ३१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको नाफ २ करोड १० लाख रुपैयाँ रहेको थियो । चालु आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले खुद नाफा बढेको हो ।

global
अर्घाखाँची सिमेन्ट

कम्पनीको सञ्चालन नाफा गत आवमा २ करोड ४९ लाख रुपैयाँ रहेकोमा चालु आवमा बढेर ५ करोड ९३ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, खुद ब्याज आम्दानी गत आवमा १३ करोड १८ लाख रुपैयाँ रहेकोमा चालू आवमा बढेर १७ करोड ४० लाख रुपैयाँ पुगेको छ । चुक्ता पुँजी २६ करोड ६४ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३४ करोड ६५ लाख रुपैयाँ र सञ्चित मुनाफा ५ करोड ७७ लाख रुपैयाँ रहेको छ ।

कम्पनीले २ अर्ब ६६ करोड रुपैयाँ सापटी लिएर २ अर्ब ४८ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ५ अर्ब ९० करोड रुपैयाँ कर्जा लगानी गरेको छ । नाफामा वृद्धि भएसँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) पनि वृद्धि भएको छ । गत आवको दोस्रो त्रैमासमा कम्पनीको ईपीएस १५ रुपैयाँ ८४ पैसा रहेकोमा चालु आवमा बढेर ३२ रुपैयाँ ४० पैसा पुगेको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ २५१ रुपैयाँ ७४ पैसा छ भने खराब कर्जा ४.३५ प्रतिशत रहेको छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal