Skip to content
Prabhu

हिमालयन लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

nabil

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले भोली अर्थात शुक्रबार बुकक्लोज गर्दैछ । तसर्थ आजसम्म कायम रहेका सेयरधनीहरुले मात्रै लाभांश प्राप्त गर्ने छन् ।

इन्स्योरेन्सले फागुन ११ गते, आइतबार, अनुपम फुडल्याण्ड एण्ड बैंक्वेट, बत्तिसपुतली, काठमाडौँमा १७ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान साढे १० बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पुँजीको १४ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने र बोनस सेयरको कर प्रयोजनार्थ नगद लाभांश सेयरधनीहरुले नै भुक्तानी गर्नुपर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

global
अर्घाखाँची सिमेन्ट

यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, खर्च अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal