काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १२ औँ वार्षिक साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको माघ २३ गते बसेको सञ्चालक समितिको बैठकले १२ औँ साधारणसभा आउदो फागुन २३ गते शुक्रबार सप्तरीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि सभा बस्ने निर्णय गरेको हो ।
कम्पनीले सभाका लागि लाभांश सम्बन्धी कुनै प्रस्ताव समावेश गरेको छैन । सभाले गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गरी चालू आवका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने र ४ जना संस्थापक र २ जना सर्वसाधारण शेयरधनीको निर्वाचन गर्नेछ । त्यसैगरी एफपीओ निष्कासनबाट प्राप्त रकमलाई चुक्ता पुँजीमा वृद्धि गर्ने, कम्पनीको संस्थापक सेयरलाई सर्वसाधारण सेयर समूहमा परिवर्तन गर्ने र मर्जरका लागि उपयुक्त वित्तीय संस्था पहिचान गरी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।
सभा प्रयोजनार्थ कम्पनीले फागुन ९ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। बुक क्लोजका आधारमा फागुन ८ गतेसम्म कायम सेयरधनी मात्रै सभामा भाग लिन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्