Skip to content
Prabhu

पोखरा फाइनान्सले हटायो सीईओ गुरुङ्गलाई

nabil

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडको सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत (सीईओ) रवि चन्द्र गुरुङलाई पदमुक्त गरेको छ । बुधबार साँझ संस्थाको केन्द्रीय कार्यालय पोखरा ९ न्यूरोड कास्कीमा बसेको सञ्चालक समितिको बैठकले गुरुङलाई माघ २३ गतेदेखि लागू हुने गरी पदमुक्त गर्ने निर्णय गरेको हो ।

गुरुङलाई पदमुक्त गर्नुको कारण भने संस्थाले सार्वजनिक गरेको छैन । तर, पछिल्लो समय कम्पनीको वित्तीय अवस्था दर्दनाक अवस्थामा पुगेपछि गुरुङको चौतर्फि आलोचना भइरहेको हो ।

global
अर्घाखाँची सिमेन्ट

सञ्चालक समितिको निर्णयअनुसार संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत राजु मोहन भट्टराईलाई कायममुकायम कार्यकारी प्रमुखको रुपमा नियुक्त गरिएको छ । यो निर्णय पनि माघ २३ गतेदेखि नै लागू हुनेछ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal