Skip to content

पुलिस क्लब परिसरमा सञ्चालनमा आयो ‘द ब्लु पेभेलियन’

nabil
global ime

काठमाडौं । प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लब परिसरमा अत्याधुनिक सुविधासहितको ‘द ब्लु पेभेलियन’ सञ्चालनमा आएको छ । प्रहरी कर्मचारीलाई स्वस्थ, चुस्तदुरस्त र तनावमुक्त बनाउने अभिप्रायले निर्माण गरिएको सो भवनको आज प्रधानमन्त्री केपी शर्मा ओलीले समुद्घाटन गरेका हुन् ।

कुल रु ७५ करोड ८७ लाख २९ हजारको लागतमा निर्माण गरिएको उक्त भवनमा बहुउद्देश्यीय हल, ब्याडमिन्टन कोर्ट, कन्फ्रेन्स हल, विशिष्ट तथा अतिविशिष्ट कक्ष, स्वास्थ्य कक्ष, जिम हलसहित दुईतले भूमिगत पार्किङलगायत सुविधा रहेको छ । तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले विसं २०७६ भदौ २४ गते शिलान्यास गरेका थिए ।

उक्त अवसरमा गृहसचिव गोकर्णमणि दुवाडीले प्रहरी सङ्गठनमा रहेका जनशक्तिको शारीरिक, मानसिक स्वास्थ्यका साथै सांस्कृतिक कार्यको प्रवद्र्धन र मनोरञ्जनात्मक गतिविधिमा प्रहरी कर्मचारीलाई सहभागी गराउने उद्देश्यले निर्मित पेभिलियनले प्रहरीको कार्यसम्पादनमा थप कुशलता र व्यावसायिकता प्रवद्र्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी कर्मचारीलाई शारीरिक तन्दुरुस्तीका साथै मानसिक स्फूर्ति कायम राख्नका लागि पेभिलियनले सहयोग पु¥याउने बताए । उनले आगामी दिनमा पुलिस क्लबको संरचनालाई विस्तार गरी अत्याधुनिक जिम, साउना, पौडी पोखरीसहितको पुलिस हेल्थ क्लब, सुविधासम्पन्न प्रहरी गेष्ट हाउस र नगर प्रहरीको कार्यालयसमेत स्तरोन्नति गर्ने योजना रहेको बताए ।

प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले पहिलो चरणमा नेपाल प्रहरी कर्मचारीलाई लक्षित गरेर सञ्चालनमा ल्याइएको पुलिस क्लबलाई चरणबद्ध रूपमा आमनागरिकको पहुँचमा पु¥याइने बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T