Skip to content
Prabhu

जीवन विकास लघुवित्तको संस्थापक सेयर बिक्रीमा, मूल्य प्रतिकित्ता ५५० रुपैयाँ

nabil

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक ८ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले सेयरधनी प्रभु क्यापिटलको स्वामित्वमा रहेको ८ लाख कित्ता सेयर लिलाम प्रक्रिया मार्फत् बिक्रीमा राखेको हो ।

कम्पनीले (आज) माघ २७ गतेदेखि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरू र अन्य जो कोही व्यक्ति वा कम्पनीले समेत किन्न पाउने गरी सेयर बिक्रीमा राखेको हो । यसमा आवेदन दिने अन्तिम मिति फागुन ४ गते तोकिएको छ । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५५० रुपैयाँ तोकिएको छ । सेयर खरिदका लागि आवेदन दिँदा घटीमा १ हजार कित्ता र बढीमा सम्पूर्ण कित्ता सेयर खरिदका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

global
अर्घाखाँची सिमेन्ट

सेयर किन्न इच्छुक लगानीकर्ताले आफूले किन्न चाहेको सेयर संख्या र सोको मूल्य समेत खुलाई गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ । बोलपत्र फाराम काठमाडौंको थापाथलीस्थित एनआईसी एशिया क्यापिटल लिमिटेड (बिक्री प्रबन्धक) को कार्यालयमा पाइनेछ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal