Skip to content
Prabhu

मानुषी लघुवित्तको नाफासँगै प्रतिसेयर आम्दानी पनि धनात्मक

nabil

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अवधिमा नाफा धनात्मक बनेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ऋणात्मक रहेको नाफा चालु आर्थिक वर्षको पुस मसान्तसम्मा धनात्मक बनेको हो ।

कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ९ लाख ८६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा १ करोड ७७ लाख रुपैयाँले खुद नोक्सानीमा रहेको थियो । समीक्षा अवधिमा कम्पनीको सञ्चालन नाफा धनात्मक भएकाले कम्पनी खुद नाफामा गएको हो । गत वर्ष कम्पनीको सञ्चालन नाफा १ करोड ७७ लाख रुपैयाँ ऋणात्मक रहेकोमा चालू आवमा यसलाई सुधार्दै १४ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको छ ।

global
अर्घाखाँची सिमेन्ट

यससँगै गत वर्ष ऋणात्मक रहेको कम्पनीको प्रतिसेयर आम्दानी पनि चालु आवमा धनात्मक भएको छ । कम्पनीको प्रतिसेयर आम्दानी गत आवमा ३२ रुपैयाँ ५२ पैसा ऋणात्मक रहेकोमा चालू आवमा १ रुपैयाँ ८० पैसा धनात्मक रहेको छ । यस अवधिसम्म कम्पनीको वितरणयोग्य मुनाफा ५९ लाख ७५ हजार रुपैयाँ रहेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी १० करोड ९३ लाख रुपैयाँ छ भने रिटेन्ड अर्निङमा ५९ लाख रुपैयाँ र जगेडा कोषमा ४ करोड ९० लाख रुपैयाँ सञ्चित रहेको छ । दोस्रो त्रैमाससम्म कम्पनीले १ अर्ब ४ करोड रुपैयाँ निक्षेप संकलन गरेर १ अर्ब ३१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत आवमा कम्पनीको निष्क्रिय कर्जा ७ दशमलव ९० प्रतिशत रहेकोमा चालू आवमा घटेर ५.४८ प्रतिशतमा झरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १५० रुपैयाँ ३० पैसा रहेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal