काठमाडौं । कामना सेवा विकास बैंकले नेपाल युवा उद्यमी मञ्च (एनवाइइएफ) चितवनसँगको सहकार्यमा बैंकिङ एण्ड विजनेस कन्क्लेभ कार्यक्रम सम्पन्न गरेको छ । पछिल्लो समयमा व्यवसायी र बैंक विच रहेको दुरी घटाउने उद्धेश्यले आयोजित उक्त कार्यक्रममा चितवनका करिव ६० भन्दा वढि युवा व्यवसायीको सहभागीता रहेको थियो ।
पत्रकार महासंघ चितवनका सचिव राजेश घिमिरेले उक्त कार्यक्रमको मध्यस्तता गरेका थिए भने उक्त कार्यक्रममा कामना सेवा विकास बैंकका नायव प्रमुख कार्यकारी अधिकृत विनय दाहाल, एफसिए विमन कार्कि र नेपाल युवा उद्यमी मञ्च चितवनका पुर्व अध्यक्ष तथा व्यवसायी सुर्यभक्त अधिकारी वक्ताको रुपमा रहेका थिए । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहालले पछिल्लो समय नियमन र वित्तीय अनुशासन कायम गर्न केन्द्रीय बैंक तथा वित्तीय संस्थाहरु अग्रसर हुँदा व्यवसायीहरुलाई असहज महसुस भएतापनी दिर्घकालमा यसले सकारात्मक प्रभाव पार्ने बताए ।
उक्त कार्यक्रममा वोल्दै एफसिए विमन कार्किले आर्थिक चक्रका हरेक चरणहरुमा बैंक र व्यवसायीहरु विच फरक मत रहने भएतापनी प्रचलित कानुन र नियमको अधिनमा नरहने व्यवसायीलाई आर्थिक रुपमा दवाव पर्ने भएकोले नेपाल राष्ट्र बैंक तथा बैंकहरुले निर्धारण गरेका नियमहरुलाई पालना गरि आफ्नो व्यवसाय संचालन गर्नुपर्ने तथा वित्तीय विवरणहरुको पारदर्शिता कायम गर्न यस्ता कार्यक्रमहरु मार्फत् व्यवसायीहरुलाई वित्तीय साक्षरता प्रदान गर्नुपर्नेमा जोड दिए । सोही कार्यक्रममा नेपाल युवा उद्यमी मञ्च चितवनका पुर्व अध्यक्ष तथा युवा व्यवसायी सुर्य भक्त अधिकारीले व्यवसायीहरु कोभिड १९ को चपेटावाट अगाडी वढ्न नपाउदै नियमनकारी निकायका विभिन्न नितीहरुले व्यवसायीहरु थप आक्रान्त वनेको तथा व्यवसायवाट पलायन हुन सक्ने भएकोले बैंकहरुले साना तथा मझौला व्यवसायीहरुलाई संरक्षण गर्नुपर्ने बताए ।
उक्त कार्यक्रममा पत्रकार महासंघ चितवनका अध्यक्ष वसन्त राज पराजुलीले होटल व्यवसायहरु कोभिड १९ देखि नै थलिएको हुँदा बैंकहरुले विशेष माया गर्नुपर्ने धारणा राखे । चितवन उद्योग वाणिज्य संघका उपाध्यक्ष राजेन्द्र वलीले नियमनकारी निकायको कडाई, कोभिड १९ पश्चातको कर्जा विस्तार, सडक संजालको ढिलो निर्माण, युवा जनशक्तीको विदेश पलायन लगायतका कारणले उत्पादनमा आएको गिरावट तथा व्यवसायमा आएको मन्दीले गर्दा व्यवसायीहरु पलायन हुन सक्ने भएकोले नेपाल राष्ट्र बैंक तथा वित्तीय संस्थाहरुले सो विषयमा ध्यान दिनुपर्ने बताए । युवा व्यवसायी अर्जुन रानाभाट, निरञ्जन न्यौपाने, पत्रकार दिपेन्द्र अधिकारी लगायतले कार्यक्रमका वक्ताहरुलाई आफ्ना जिज्ञाषा राखेका थिए भने वक्ताहरुले उक्त जिज्ञाषाहरु जबाफ दिएका थिए ।
नेपाल युवा उद्यमी मञ्च चितवनका प्रथम उपाध्यक्ष निशान पौडेलको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा मञ्चका द्धितिय उपाध्यक्ष सन्तोष कडेलले स्वागत मन्तव्य राखेका थिए भने कामना सेवा विकास बैंकका व्रान्डीङ विभाग प्रमुख सुशिल पौडेलले कार्यक्रमको उद्धेश्य माथि प्रकाश पारेका थिए । कार्यक्रमको समापनमा वोल्दै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत दाहालले बैंक र व्यवसायी विचको सुमधुर सम्वन्धले बैंकिङ सेवा तथा उद्योग, व्यवसायहरु सफल हुने भएकोले आगामी दिनहरुमा थप सहकार्य गर्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्