काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहको १ लाख ५ हजार ४०७ कित्ता सेयर बिक्रीमा राखेको छ । कम्पनीले विद्यमान संस्थापक सेयरधनीले किन्न पाउने गरी बिक्रीमा राखेको हो ।
जसमध्ये १२ हजार ७८ कित्ता सेयर संस्थापक सेयरधनी शंकर प्रसाद कालिकोटा र ९३ लाख ३२९ कित्ता सेयर अर्का संस्थापक सेयरधनी सुयोग श्रेष्ठको स्वामित्वमा रहेको छ । यो सेयर हाललाई कम्पनीकै विद्यमान संस्थापक सेयरधनीले मात्रै किन्न पाउछन् भने ३५ दिन नाघ्दासम्म सेयर बिक्री नभएमा सर्वसाधारणका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।
इच्छुक संस्थापकले ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।
प्रतिक्रिया दिनुहोस्