काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ८ करोड ८० लाख रुपैयाँ पुगेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा ८ करोड ८० लाख पुगेको हो ।
यो गत वर्षको सोही अवधिको तुलनामा १२४.६२ प्रतिशत धेरै हो । गत वर्षको यसैअवधिमा संस्थाले ३ करोड ९१ लाख रुपैयाँ नाफा कमाएको थियो । साथै, यस अवधिमा संस्थाको खुद ब्याज आम्दानी ६५.२२ प्रतिशतले बढेर २७ करोड ५१ लाख पुगेको छ । उक्त आम्दानी बढ्दा नाफामा वृद्धि आएको हो । इम्पेयरमेन्ट चार्ज पनि बढेर ३ करोड ४६ लाख पुगेको छ । जगेडा कोषमा २६ करोड ७३ लाख रुपैयाँ जम्मा छ ।
कम्पनीको प्रतिसेयर आम्दानी २६.२३ रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ ६७ करोड ११ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस संस्थाको छ । समग्र वित्तीय सूचांकको आधारमा भन्नुपर्दा एकदम बलियो बन्दै गएको देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्