काठमाडौं । जीवन बीमा कम्पनीहरुको व्यवसाय ग्रामीण क्षेत्रमा भन्दा सहरी क्षेत्रमा बढी रहेको देखिएको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ६ महिनाको अवधिसम्ममा जीवन बीमा कम्पनीहरुको व्यवसायको हिस्सा दुर्गममा भन्दा सुगममा बढी देखिएको हो ।
प्राधिकरणको तथ्यांकअनुसार जीवन बीमा कम्पनीहरुको व्यवसाय सबैभन्दा धेरै बागमती प्रदेशमा रहेको छ । संघीय राजधानीसमेत रहेको यो प्रदेमा जीवन बीमा गर्नेहरुको संख्या अन्य प्रदेशको तुलनामा बढी रहेको छ । यो प्रदेशमा चालु आवको पुस मसान्तसम्ममा सक्रिय बीमालेखको संख्या करिब करोडको हाराहारीमा रहेको छ भने बाँकी कुनै पनि प्रदेशमा सक्रिय बीमालेखको संख्इा १२ लाखको हाराहारीमा पनि छैन । प्राधिकरणका अनुसार पुस मसान्तसम्मा बागमती प्रदेशमा सक्रिय बीमालेखको संख्या ९८ हजार ३७ हजार ८ सय ८८ छ ।
जम्मा देशभरमा १ करोड ४० लाख ४१ हजार ३ सय ५३ सक्रिय बीमालेख जारी हुँदा बागमतीको हिस्सा उच्च देखिएको हो । बीमा शुल्क संकलनको हिस्सा पनि बागमति नै अघि छ । यो अवधिसम्मा बागमति प्रदेशबाट बीमा कम्पनीहरुले ३४ अर्ब ८५ करोड ३३ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।
त्यस्तै बागमति भन्दा पछि धेरै सक्रिय बीमालेख कोशी प्रदेशमा ११ लाख १४ हजार ५६७ रहेका छन् । यो प्रदेशमा पुस मसान्तसम्ममा १० अर्ब ६ करोड ३६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
त्यस्तै पुस मसान्तसम्मा मधेश प्रदेशमा ६ लाख ८ हजार ४८३ सक्रिय बीमालेख संख्या रहेको छ । उक्त प्रदेशबाट जीवन बीमा कम्पनीहरुले ७ अर्ब ३८ करोड ३१ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।
पुस मसान्तसम्ममा सबै भन्दा कम बीमालेख र कम बीमा शुल्क संकलन जीवन बीमा कम्पनीहरुले कर्णाली प्रदेशमा गरेका छन् । यो प्रदेशमा पुस मसान्तसम्ममा सक्रिय बीमालेख संख्या २ लाख ६८ हजार ६६५ रहेको छ भने त्यहाँबाट कम्पनीहरुले २ अर्ब ४२ करोड ९६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । त्यस्तै यो अवधिमा गण्डकी प्रदेशमा सक्रिय बीमालेखको संख्या ६ लाख ५२ हजार २६० रहेको छ भने त्यहाँबाट कम्पनीहरुले ८ अर्ब ४३ करोड २६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरका छन् ।
प्राधिकरणको तथ्यांक अनुसार यो अवधिमा लुम्बिनी प्रदेशमा १० लाख २३ हजार ७७४ वटा सक्रिय बीमालेख रहेका छन् । समग्र प्रदेशगत पमा यो तेस्रो धेरै संख्या हो । यो प्रदेशबाट बीमा कम्पनीले १२ अर्ब ९७ करोड ९ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।
सुदुरपश्चिम प्रदेशमा पुसमसान्तसम्म सक्रिय रहका बीमालेखको संख्या ५ लाख ३५ हजार ७१६ रहेको छ भने त्यहाँबाट कम्पनीहरुले ५ अर्ब ४ करोड ३४ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।
जीवन बीमा कम्पनीहरुमा चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा १ करोड ४० लाख ४१ हजार ३५३ वटा सक्रिय बीमालेख रहेका छन् । कम्पनीहरुले पुस मसान्तसम्मको अवधिमा ८१ अर्ब १७ करोड ६८ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्