काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज सोल्टी होटल, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट बैंक र मन्दकिनी हाइड्रोपावरको बोनस सेयर सूचीकृत भएको हो ।
सोल्टी होटलको १० प्रतिशत बोनस बापतको ९२ लाख ९० हजार ८ सय ९९ कित्ता, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट बैंकको ५ प्रतिशत बोनस बापतको ६ लाख ११ हजार ६ सय ५ कित्ता र मन्दकिनी हाइड्रोपावरको ५ प्रतिशत बोनस वापत ३ लाख ७ हजार ९ सय ८४ कित्ता बोनस सेयर नेप्सेमा सुचीकृत भएको छ ।
प्रतिक्रिया दिनुहोस्