Skip to content
Prabhu

२० वाणिज्य बैंक : कुनको चुक्ता पुँजी कति ?

nabil

काठमाडौं । हाल नेपालमा सञ्चालित वाणिज्य बैंकको संख्या २० रहेको छ । केही वर्ष पहिलो मात्रै नेपालमा सञ्चालित वाणिज्य बैंकको संख्या २८ रहेको थियो । बैंकहरु मर्जरबाट अहिले घटेर २० वटामा झरेका छन् ।

हाल सञ्चालनमा रहेको वाणिज्य बैंकमध्ये चुक्ता पुँजीका आधारमा सबै भन्दा ठूलो बैंक ग्लोबल आइएमई बैंक हो । यो बैंकको चुक्ता पुँजी ३८ अर्ब ११ करोड रुपैयाँ रहेको छ । यो २० वटा बैंकहरुमध्ये सबैभन्दा धेरै हो । चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अवधिमा सबै भन्दा कम चुक्ता पुँजी हुने बैंक स्टाण्डर्ड चार्टर्ड बैंक रहेको छ । यो बैंकको चुक्ता पँुजी १० करोढ ४ लाख रुपैयाँ रहेको छ ।

global
अर्घाखाँची सिमेन्ट
Hyundai

२० वटा वाणिज्य बैैंकमध्ये नेपाल बैंकको चुक्ता पुँजी १४ अर्ब ६९ करोड रुपैयाँ रहेको छ । त्यस्तै कृषि विकास बैंकको चुक्ता पुँजी पुस मसान्तसम्ममा १९ अर्ब २८ करोड रुपैयाँ रहेको छ । त्यस्तै नविल बैंकको चुक्ता पुँजी २७ अर्ब ५ करोड रुपैयाँ रहेको छ । त्यस्तै नेपाल इन्भेष्टमेट मेगा बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड रुपैयाँ रहेको छ । त्यस्तै हिमालयन बैंकको चुक्ता पुँजी २१ अबै ६५ करोड रुपैयाँ, नेपाल एस बि आई बैंकको १० अर्ब ५० करोड, एभरेष्ट बैंकको १२ अर्ब ९४ करोड रुपैयाँ र कुमारी बैंकको चुक्ता पुँजी ६ अर्ब २२ करोड रुपैयाँ रहेको छ ।

त्यस्तै लक्ष्मी सनराइज बैंकको चुक्ता पुँजी २४ अबै ३४ करोड रुपैयाँ, सिटिजन्स बैंकको १४ अर्ब ७६ करोड रुपैयाँ, प्राइम कमर्सियल बैंकको चुक्ता पुँजी १९ अर्ब ४० करोड रुपैयाँ, सानिमा बैंकको १३ अर्ब ५८ करोड रुपैयाँ र माछापुच्छ्रे बैंकको ११ अर्ब ६२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ । त्यस्तै चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा एनआईसी एशिया बैंकको चुक्ता पुँजी १४ अर्ब ९१ करोड रुपैयाँ, एनएमबि बैंकको १८ अर्ब ३६ करोड, प्रभु बैंकको २३ अर्ब ३४ करोड रुपैयाँ, सिद्धार्थ बैंकको १४ अर्ब ९ करोड रुपैयाँ र सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको चुक्ता पुँजी १५ अर्ब ६३ करोड रुपैयाँ रहेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

anima

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal