Skip to content
Prabhu

कुमारी बैंकको २५ हजार ४ सय संस्थापक सेयर सर्वसाधारणमा बिक्री खुला

nabil

काठमाडौं । कुमारी बैंकले २५ हजार ४ सय ६८ कित्ता संस्थापक सेयर सर्वसाधारणमा बिक्री खुला गरेको छ ।

यसअघि बैंकले सो सेयर बैंककै विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकता दिएर सेयर खरिदका लागि ३५ पदने सूचना जारी गरेको थियो । तर, सो सेयर खरिदका लागि तोकिएको अवधिभित्र संस्थापकबाट आवेदन नपरेपछि बैंकले अहिले भने सर्वसाधारणले किन्न पाउने गरी बिक्रीमा ल्याएको हो ।

global
अर्घाखाँची सिमेन्ट

सेयर किन्न इच्छुक सर्वसाधारणले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र नक्सालस्थित सेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा निवेदन दिनुपर्ने छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal