काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले ३२ हजार १० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयर विद्यमान संस्थापक सेयरधनीहरु तथा सर्वसाधारणले समेत किन्न पाउने गरि बिक्रीमा ल्याइएको हो । इच्छुक संस्थाप सेयरधनीहरु तथा सर्वसाधारणले १५ दिन भित्र नवलपरासीमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्ने छ । उक्त सेयरको बिक्री मूल्य प्रतिलित नियमानुसार हुने र विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्