Skip to content

ईभीमा हुन्डाई ‘आयोनिक ५ एन’ ले बनायो नयाँ रेकर्ड

काठमाडौं । हुन्डाई मोटर कम्पनीको विद्युतीय गाडी (ईभी) ‘आयोनिक ५ एन’ ले ईभी क्षमतामा मापदण्डको नयाँ रेकर्ड कायम गरेको हो । जापानको इबाराकीस्थित सुकुबा सर्किटमा १५ फेब्रुअरीमा आयोजित मोटरस्पोर्ट इभेन्ट ‘एट्याक सुकुबा २०२५’ मा हुन्डाईको आयोनिक ५ एन मोडेलले सबैभन्दा कम समयमा ‘ल्याप’ पूरा गरेर नयाँ रेकर्ड कायम गरेको छ ।

जापानका प्रसिद्ध व्यावसायिक चालक नोबुतेरु तानिगुचीले नयाँ रेकर्ड कायम गरेको हुन्डाईको आयोनिक ५ एन कार हाँकेका थिए ।

हुन्डाईका अनुसार आयोनिक ५ एनले ५७.४४६ सेकेन्डमा एक ल्याप पूरा गरेको थियो । सुकुबा सर्किटमा यति कम समयमा एक ल्याप पूरा गरिएको यो नयाँ रेकर्ड हो । र, यो आयोनिक ५ एन ईभीले बनाएको रेकर्ड हो । प्रतिस्पर्धी ईभी आयोनिक ५ एनभन्दा २ सेकेन्ड पछाडि थियो ।

आयोनिक ५ एनले यसअघि ‘२०२४ पाइक्स पिक इन्टरनेसनल हिल क्लाइम्ब’ मा एसयूभी वर्गमा नयाँ रेकर्ड कायम गरेको थियो । ‘एट्याक सुकुबामा आयोनिक ५ एन हाँक्ने अवसर पाउँदा म आफूलाई सम्मानित भएको महसुस गर्छु,’ चालक तानिगुचीले भने, ‘जसले मेरै पछिल्लो रेकर्ड तोड्न एकदमै सहयोग गरेको छ ।’

‘जापानमा आयोनिक ५ एनले राखेको रेकर्डले के स्पष्ट पारेको छ भने हुन्डाईले ईभी प्रविधिमा उत्कृष्ट क्षमता प्रदर्शन गरेको छ,’ हुन्डाईको एन म्यानेजमेन्ट प्रमुख जुन पार्कले भने । आयोनिक ५ एनले यसअघि ‘२०२४ पाइक्स पिक इन्टरनेसनल हिल क्लाइम्ब’ मा एसयूभी वर्गमा नयाँ रेकर्ड कायम गरेको थियो ।

हुन्डाईका अनुसार आयोनिक ५ एनमा एक्टिभ साउन्ड प्लस मोडिफाइड स्पिकर, नयाँ सक एब्सर्बर, मोटरस्पोर्ट–ग्रेड ब्रेक, १८ इन्चको योकोहामा एडभान ००५ स्लिक टायर, एरोडाइनामिक प्याकेज, रिकारो प्रो रेसर एसपीए हान्स सिट, ईभी फायर सप्रेसन सिस्टम लगायत फिचर छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi