काठमाडौं । बिहीबार सेयर बजार परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । सेयर बजार सामान्य बढेको दिन बाराही हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरैले घटेको छ । यो कम्पनीको सेयर मूल्य ८.३५ प्रतिशत आर्थात् १०४ रुपैयाँले घटेर १ हजार १४१ रुपैयाँ पुगको छ ।
त्यस्तै आज धेरै मुल्य घट्ने शीर्ष पाँच कम्पनीमा गरिमा समृद्धि योजना, भूगोल इनर्जी डेमलपमेन्ट कम्पनी, दिव्यश्वरी हाइड्रोपावर र नेपाल एसबिआई बैंक ऋणपत्र २०८९ रहेका छन् । आजको कारोबार बन्द हुँदा गरिमा समृद्धि योजनाको सेयर मूल्य ७.७० प्रतिशत अर्थात् ०.७७ रुपैयाँले घटेर ९ रुपैयाँ २३ पैसा पुगेको छ ।
त्यस्तै आज भूगोल इनर्जिको सेयर मूल्य ५० रुपैयाँले घटेर ८१५ रुपैयाँ पुगेको छ । यो अघिल्लो कारोबारभन्दा ५.७८ प्रतिशतले कम हो । दिव्यश्वरी हाइड्रोपावरको सेयर मूल्य पनि आज १५ रुपैयाँ १० पैसाले घटेर ३५१ रुपैयाँ पुगेको छ ।
यो अघिल्लो कारोबारभन्दा ४.१२ प्रतिशतले कम हो । आज नेपाल एसबिआई बैंक ऋणपत्रको मूल्य पनि ३.९५ प्रतिशत अर्थात् ४३ रुपैयाँ ४० पैसाले घटेर १ हजार ५६ रुपैयाँ ६० पैसा पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्