काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा तीन कम्पनीको सेयर मूल्य सूचकीकृत भएको छ । नेप्सेमा बिहीबार शिवम् सिमेन्ट, फस्र्ट माइक्रोफाइनान्स र कृषि विकास बैंकको बोनश सेयर सूचिकृत भएको हो ।
नेप्सेमा कृषि विकास बैंकको ३ प्रतिशतले हुन आउने ४० लाख ३५ हजार ५०२ कित्ता, शिवम् सिमेन्टको ८ दशलमव ५५ प्रतिशत बोनश सेयर वापत ४२ लाख ९८ हजार ८५ कित्ता र फस्र्ट माइक्रोफाइनान्सको ९ प्रतिशतले हुन आउने ११ लाख १० हजार ४४४ कित्ता बोनश सेयर नेप्सेमा सूचीकृत भएको हो ।
प्रतिक्रिया दिनुहोस्