Skip to content

निसान म्याग्नाइट फेसलिफ्ट नेपाली बजारमा, मूल्य कति ?

काठमाडौं । नेपालका लागि निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्पले आज शुक्रबार निसान म्याग्नाइट फेसलिफ्ट नेपाली बजारमा सार्वजनिक गरेको छ। यो गाडी डिजाइन, सुरक्षा र आरामका हिसाबले थप परिमार्जन गरिएको उल्लेख गरेको छ।

आजबाट बिक्री सुरु गरिएको यो गाडी दुई फरक इन्जिन र ११ मोडलमा उपलब्ध भएको बिक्रेता कम्पनीले जनाएको छ। गाडीको सुरुवाती मूल्य मूल्य ३४ लाख ७५ हजार रुपैयाँ राखिएको छ भने सबैभन्दा महँगो मोडलको मूल्य ५२ लाख ९९ हजार रुपैयाँ छ।

सो कम्पनीले यसमा १.० लिटरको दुईवटा इन्जिन विकल्प दिएको छ, जसमा साधारण र टर्बो इन्जिन छन्। बिक्री खुला गर्नु पहिले टेष्ट ड्राइभ गर्ने क्रममा अप्ठ्यारो बाटोमा पनि गाडीले राम्रो पकड बनाएको, अग्लो उकालो चढ्दा इन्जिनले भरपूर शक्ति दिएको बिक्रेता कम्पनीको दाबी छ।

३६० सराउन्ड भ्यू क्यामरा, स्ट्यान्डर्ड भेरियन्टबाटै ६ एयरब्याग पाउन सकिने म्याग्नाइटमा भेहिकल डाइनमिक कन्ट्रोल, ट्रयाक्सन कन्ट्रोल सिस्टम, हिल स्टार्ट असिस्ट, हाइड्रोलिक ब्रेक एसिस्ट र टायर प्रेशर मोनिटरिङ सिस्टम उपलब्ध छ।

यसअघिको म्याग्नाइटले ग्लोबल क्र्यास टेस्टमा फोर स्टार रेटिङ पाएको थियो।
त्योभन्दा अब्बल बनाउन कम्पनीले सेफ्टी फिचर थप गरेर ल्याएको उल्लेख गरिएको छ।

सबै सिटमा थ्री–प्वाइन्ट बेल्ट, सिट बेल्ट रिमाइन्डर उपलब्ध गराइएको छ।इन्टेरियरलाई चालकमैत्री बनाइएको छ। इन्टेरियरसँगै नयाँ म्याग्नाइटको बाहिरी डिजाइन परिस्क्रित गरिएको छ।

अगाडिको जाली, पांग्राको डिजाइन, पातलो बत्ती सहितको टेल बत्ती र अगाडिको चम्किलो बत्तीहरूले यो गाडीलाई आकर्षण देखाएको छ। निसान म्याग्नाइट फेसलिफ्ट राम्रो माइलेज दिने, सुरक्षित, बलियो र आकर्षक भएकोले नेपाली बजारमा राम्रोसँग प्रतिस्पर्धा गर्न सक्ने अपेक्षा बिक्रेता कम्पनीको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima