Skip to content

दूधकोशी प्रमुखले सामाजिक सञ्जालमा मन्त्रीको विरोध गरेपछि हटाउन प्राधिकरणलाई मन्त्रालयको दबाब

काठमाडौं । ऊर्जामन्त्री दीपक खड्काविरुद्ध सामाजिक सञ्जालमा टिप्पणी गरेपछि दूधकोशी आयोजनाका प्रमुख हटाउन मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणलाई दबाब दिएको छ ।

मन्त्रालयले दूधकोशी आयोजनाका प्रमुख विमल गुरुङले सामाजिक सञ्जालमा मन्त्री खड्काको कार्यशैलीको विरोध गरेको थिए । मन्त्रालयले प्राधिकरणलाई पत्र पठाउँदै तत्काल हटाउन दबाब दिएको छ ।

मन्त्रालयले पठाएको पत्रमा भनिएको छ–

“तहाँ प्राधिकरण अन्तर्गत सञ्चालित दूधकोसी जलविद्युत् आयोजनाको प्रमुख कार्यकारी अधिकृत, श्री विमल गुरुङले मन्त्रालय र यस मन्त्रालयका मा. मन्त्रीज्यूका बारे सामाजिक सञ्जालमा गैरजिम्मेवार ढंगले समाचार सम्प्रेषण गरेको हुँदा निजलाई सो जिम्मेवारीबाट तत्काल हटाउने सम्बन्धमा नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकमा समेत छलफल भई निर्देशन समेत भइसकेकामा निजलाई हालसम्म पनि सो जिम्मेवारीबाट नहटाएको भन्ने बुझिन आएको हुँदा निजलाई तत्काल सो जिम्मेवारीबाट हटाई यस मन्त्रालयलाई सो को जानकारी गराउनुहुन मिति २०८१/११/८ को सचिवस्तरको निर्णयानुसार अनुरोध छ ।”

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T