Skip to content

१० करोडमा कुरा नमिलेपछि दुधखोला ६५ मेगावाटमा लगानी गर्ने माउण्टेन इनर्जीको डिल भाँडियो

काठमाडौं । १० करोड रुपैयाँमा कुरा नमिलेपछि दुधखोला ६५ मेगावाट जलविद्युत् आयोजनाको स्वामित्वको सम्झौता भाडिएको छ ।

मनाङ जिल्लामा बन्न लागेको दुधखोला ६५ मेगावाट जलविद्युत् आयोजनाको स्वामित्व दुधखोला हाइड्रोपावर प्रालिसँग रहेको छ ।

माउन्टेन इनर्जीले दुधखोलामा लगानी गर्ने घोषणा गरेको छ । जसलाई साधारणसभाले समेत अनुमति दिएको थियो । दुधखोलाको स्वामित्व लिनको लागि माउन्टेन इनर्जीले ६५ करोडसम्म लगानी गर्ने तयारी थियो । तर,सहमति भएपछि स्वामित्व हस्तान्तरणको विषयमा भने दुधखोला हाइड्रोपावर प्रालि र माउण्टेन इनर्जीका लगानीकर्ताबीच भने पैसाको विषयमा कुरा मिलेन । स्रोतका अनुसार दुधखोलाका लगानीकर्ताले १० करोड अझै लगानी थप गर्नुपर्ने प्रस्ताव गरे । त्यो भएपछि करिब करिब डिल भाडिने अवस्थामा पुगेको छ ।

‘माउन्टेनले ६५ करोड लगानी गरेर दुधखोलाको स्वामित्व लिने करिब सहमति भएको थियो,’डिलमा संलग्न स्रोतले लगानीन्यूजसँग भन्यो,‘१० करोड थप पैसा चाहिन्छ भन्ने प्रस्ताव आएपछि डिल भाडिएको छ,स्वामित्व हस्तान्तरण नहुँन सक्छ।’

माउण्टेटन इनर्जीले ४२ मेगावाटको मिष्ट्री खोला,५ मेगावाटको तादी खोला,मिष्ट्री खोला २ क्यासकेड १२ मेगावाट स्वामित्व छ । यसको सञ्चालक समितिको अध्यक्षमा भने नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष समेत रहेका व्यवसायी प्रदिपजंग पाण्डे रहेका छन् ।

माउण्टेटन इनर्जीको सेयर बजारमा मूल्य प्रतिकित्ता ६०० रुपैयाँ रहेको छ । यसको चुक्ता पुँजी २ अर्ब ६० करोड रहेको छ ।

दुधखोला प्रालिमा व्यवसायी सिताराम तिमिल्सिना, निर्माण व्यवसायी रमेश शर्मा लगायतका लगानीकर्ता छन् ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T