Skip to content
Prabhu

सुनको मूल्यले कायम गर्‍यो नयाँ कीर्तिमान, कतिमा हुँदैछ कारोबार ?

nabil

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज सुन तोलामा ५०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्य कायम भएको हो ।

आज नेपाली बजारमा सुन तोलाको १ लाख ७१ हजार ३०० रुपैयाँ पुगेको छ । यस अघि नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख ७१ हजार रुपैयाँसम्म पुगेको थियो । त्यस पछि सरकारले १० प्रतिशत कर घटाए पछि केही सस्तो भएको सुनको मूल्य नयाँ उचाइमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुन तोलामा १ लाख ७० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

global
अर्घाखाँची सिमेन्ट

त्यस्तै आज चाँदी भने तोलामा १५ रुपैयाँले सस्तो भएको छ । आज चाँदी तोलाको १ हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी तोलाको १ हजार ९८५ रुपैयाँमा कारोबार भएको थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal